If I were minister Nepal, I would do this.
I would go to Radio Nepal, and give this speech.
आदरणीय अभिभावक बर्ग तथा विद्यार्थीहरु
केहि दिन देखि विद्यालयहरु सुचारु रुपमा हुननसकेको यहाहरु सबैलाई थाहा छ। आफ्ना साना माग पुरा गर्न साना बालबालिकालाई होस्तेज राख्न पनि पछि नहिचकिचाउने समुह सँग सरकारले के गर्ने? यिनीहरु आतंककारी हुन र यिनीहरु सँग बार्ता गर्नु भनेको आतंककारीहरु सँग बार्ता गर्नु जस्तै हो।
यि तिनै ब्यक्तिहुन, जो केहि बर्ष अघि सम्म सान विद्यार्थीलाई जबर्जस्ति भाषण सुनाउने स्कुलबाट लिएर जान्थे, बन्दुक बोकाउन लैजान्थे। यिनलाई न परिवार को कुनै महत्व छ, न शिक्षाको। आज एउटा माग पुरा गरे भोलि अर्को माग ल्याउनेछन। किनकि यिनको शत्रु शिक्षा आफै हो। यिनको शत्रु भनेको अनुशाशित रुपमा पढाउनु पर्ने दायित्व हो। यि अराजक तत्वहरु न आफु पढ्ने छन, न अरुलाई पढ्न दिनेछन।
यिनीहरुको भनाई छ कि बोडिङ चलाउनेले लाखौ कमायो, हामीले पाइएन भन्ने। त्यो कुनै तर्क हो? अरुले कमाएको ठाउँमा आफैले स्कुल खोले भएन र? आज देशभर खुलेका बोर्डिङ स्कुलको कारणले पैसा बिदेश जान बाट बचेको छ र शिक्षाको स्तर समग्रमा बढेको छ। इर्ष्या र लोभ को कहिले अन्त हुदैनँ। यि हडतालीको कुनै पनि माग पुरा गरेर यि सन्तोष हुदैनन।
अब के गर्ने त? मैले निकै सोचें। अब हामी सँग एउटा मात्र बाटो छ। अभिभावक बर्गहरु, यदि तपाई आफ्नो बच्चाको भविष्य राम्रो देख्न चाहनु हुन्छ भने स्कुल बच्चा पठाउनुस। तपाइहरु जति झुक्नु हुन्छ, जति कमजोर बन्नु हुन्छ, त्यति तपाइलाई हेप्ने हरु बढ्छन। आज सरकार कमजोर छ। हामी यिनीहरु माथि बन्दुक हान्न या केहि गर्न सक्दैनौँ। तर जसरी तराईका जनताले मधेसी जनाधिकार फोरमको अबज्ञा गरे, त्यस्तै आट तपाइहरु पनि गर्नुस। एकपटक अँट गर्नुस, विद्रोह गर्नुस, यिनको शेखी सधै झरेर जान्छ। शिक्षा तपाईको बच्चाको मौलिक अधिकार हो। तो त्यसको लागि आफै लड्नुस। मन्त्रिको नाताले म साथ मात्र दिन सक्छु, र सरकार आफ्नो तर्फ बाट हरतरहको सहयोग पुर्याउन तयार छ।तपाईहरुले त्यसो गरे मात्र मलाई यि सँग जुध्ने नैतिक बल हुनेछ। जसरी भक्तपुरका जनताले यि सँग लडे, त्यसरी नै तपाईहरु पनि लड्नुस रस्कुल खुलाउनुस। मेरो आत्मा देखि मलाई यिनीहरु सँग बार्ता गर्न मन छैन र म गर्ने छैन पनि।
जय नेपाल, जय नेपालको भविष्य