एउटा आगो भयो भने अर्को पानी बन्नुपर्छ । दुबै आगो भयो बने त्यसले ल्याउने एउटै कुरो छ त्यो हो विनास । माओवादी र सात दलको शिखर वार्ता सफल नहुनुको कारण हो दुबै आगो मात्र बनिरहेका छन् । पानी बन्न कोही चाहंदैन । त्यसको परिणाम चार दिनको वार्ता तनावपुर्ण रुपमा अनिश्चितकालका लागि टुगिंएको छ ।
आज त सहमति होला कि भोलि त होला कि भनेर सुखद समाचार सुन्नका लागि लालायित नेपाली र नेपालका शुभचिन्तक आखिर आइतवार पनि निरास नै बन्न बाध्य भए । तेस्रो वार्ता बरु केही सौहार्दपुर्ण रुपमा सम्पन्न भएको थियो तर, चौथो बार्ता उपलब्धिविहीन र निरासाजनक नै रहेको छ ।
राजनीतिक धर्म पुरा गर्दै वार्तामा सहभागि नेताहरु केही विषयमा थप गृहकार्य गर्नुपरेकोले वार्ता लम्बिएको बताएपनि अर्को बार्ता कहिले हुने भन्ने मिति नै तय नभइ वार्ता टुङ्गएिकोले बालुवाटारको त्यो चौघेरा भित्रको आरामदायि कोठामा भएको वार्ता भने आरामदायि हुन नसकेको सहजै अनुमान गर्ने सकिन्छ ।
आजको वार्ता अड्किनुको कारण त्यही पुरानै नै हो राजसंस्था अनी हतियार व्यवस्थापन । अपुष्ट समाचार अनुसार माओवादी नेता प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविच त भनाभन नै भएको थियो रे । माधवकुमार नेपाल त वार्ता शुरु भएको १० मिनेट नै नपुगि फन्फनिंदै प्रधानमन्त्रीनिवासवाट बाहिरिएका थिए । महरा सबैलाइ किचौला झै गरी आफैं रफ्तारमा गाडि चलाएर गएका थिए । वार्तास्थलवाट बाहिरिएका नेताका मुहारले पनि भित्र निक्कै चर्काचर्कि परेको पुष्टि गरेको थियो नै ।
माओवादी राजसंस्था अन्त्य हुने कुराको निश्चितता चाहन्छ । र उसले त्यसको माग गर्नुपनि नाजायज भने हैन । त्यसैका लागि नै उसले हतियार उठाएको हो त्यसैले हतियार विसाउन उसको माग त पुरा हुनै पर्यो नी । त्यसमा माओवादी हारेर सरकारसंग हात मिलाउन आएको शक्ति हैन । उ पनि जनआन्दोलनको सफलताको एक हिस्सेदार नै हो ।
अर्कोतिर सात राजनीतिक दल त्यसमा पनि कांग्रेस दरवारको दवावमा रहेको छ । दवाव अरु केही हैन हतियारको हो । जस्ले जे भनेपनि दरवारले अहिले पनि सरकारलाइ हतियार ध्वास दिइरहेको छ अनी सेनाको ध्वांस दिइरहेको छ । राजा फाले सेनाले व्रि्रोह गर्छ कि भन्ने त्रास छ कोइरालामा जस्को कारण कोइराला खुलेर राजाका विपक्षमा सहमति गर्न सकिरहेका छैनन् । एक अर्थमा हतियारको वार्गेनिङ्गका कारण कोइराला विवस भएको होकि भन्ने मेरो अनुमान रहेको छ ।
माओवादीले पनि बुझेकै छन् उनीहरुले लडेको भरमा गणतन्त्र आउनेवाला छैन । त्यसैले उनीहरु रक्तपातरहित रुपमा राजनीतिक सहमतिको आधारमा गणतन्त्रको घोषणा होस् भन्ने चाहन्छन् जो सम्भव छैन । २१ जनाको सहादतको भरमा नेपालमा गणतन्त्र आउने चान्स नै छैन । कारण अरु केही हैन त्यही दरवार भक्त सेना हो जो नेपाली सेनाको आवरण भित्र अझै शाही गुलामिमा नै ब्यस्त रहेको छ ।
त्यसैले मेरो विचारमा माओवादी पक्षले अब हतियार हैन दिमाग चलाउन आवश्यक रहेको छ । यसका लागि उनीहरुले आफ्नो गणतन्त्रको नारालाइ अहिले शैद्धान्तिक रुपमा प्रयोग गर्नुपर्ने देखिन्छ । छोड नै भनेको हैन उचित वातावरणको लागि कुरा भनेको हो । यदी उनीहरु विना रक्तपात गणतान्त्रिक नेपालको चाहना राख्छन् भने सेनाको लोकतान्त्रिककरण हुनु जरुरी रहेको छ जो अहिलेका प्रधानसेनापति रुक्माङ्गगत कटवाल कायमै रहेसम्म सम्भव छैन ।
राजनीति भनेको जनतामाथिको विश्वास नै त हो । त्यसो हो भने किन जनतामाथि विश्वास गरेर राजतन्त्रको लोकतान्त्रिक पद्धतिवाट अन्त्यका लागि केही समय नकुर्ने । उखानै छ नी प्रतिक्षाको फल मिठो हुन्छ ।
अहिलेको जनलहर राजसंस्थाको विपक्षमा रहेको नै छ । गणतन्त्र हरेक नेपालीको रगतमा बगेकै छ । भनेपछि किन रक्तपात रहित गणतन्त्रका लागि प्रतिक्षा नगर्ने ।
अनी अर्को पक्ष यस विचमा यदी सात दल मध्ये कुनै दल राजाको संरक्षणमा खुलेर लाग्ने हो भने त्यसको प्रतिकार जनता आफैंले नै गर्नेछन् । त्यसमा कसैले चिन्ता लिनुपर्छ जस्तो मलाइ लाग्दैन ।
माओवादीको राजतन्त्र निलम्बन गर्नुपर्ने प्रस्ताव अहिले नै व्यवहारीक छैन । कारण त्यसले राजावादी सेना र दरवारीयालाइ अनावश्यक रुपमा उत्तेजित पार्ने काम मात्र हुने छ । राजा अहिले नै अधिकाररहति छन् नै । उनको खोसिएको अधिकार दिलाउने हिम्मतवाला कोही छैन क्यारे । त्यसो हो भने किन यो निलम्बनको रट लगाउने हो ।
बरु संविधान सभाको निर्वाचनको प्रकृया, अन्तरिम संसद, अन्तरिम संविधानमा माओवादीले आफ्नो उर्जा खर्च गरे राम्रो हुन्थ्यो कि ।
यदी हैन गणतन्त्र चाहिन्छ चाहिन्छ भन्ने हो भने देशभर छरिएका जनसेना एकिकृत गरी राजदरवार घेरेर राजालाइ बन्दी बनाए भइहाल्यो नी हैन ।
Source :
www.hamroblog.com