हामीलाई त आकाशले बाँधेको रै'छ.... सानु,
त्यसैले त निस्फिक्री बराल्लिरहेकाछौ....... बादलका भुवासरि.....
गन्तब्यहिन हिऊका थोप्ला झैँ रुमल्लिरहेकाछौ
तल झर्न र बिलिन हुन !
मैले अस्तित्वको प्रश्न गरेको छैन |
आफैले आफुलाई यत्रो बोझ तेर्स्याएर अनन्य कसरी गरूँ...
तर पनि यो सहयात्रामा .... सहभागी तिमी
अभागी बनी ...दुख मात्र पायौ....
म बन्देजको विरुद्ध...... स्वतन्त्रताको खोक्रो आशमा हिंडेको मान्छे
जीवनको नयाँ आयामलाई आत्मसाथ गर्न असफल भएँ,
जुनकिरी जस्तै चम्केला भने सोचेको जीवन
बुढो खहरे बनी सुकेर गयो....
तिमी खहरेले बगाएर ल्याएको ढुंगा भयौ ....
म बालुवा बनेर हावामा उडे !
........अनि फेरी प्रश्नकर्ताहरुसंग डराउछु म
ती तिम्रै साइड लिएर मलाई घोचछन्
तिमी मुकदर्शक बनेर बस्छौ....
म दोष स्वीकार्छु...
आफुलाई धिक्कार्छु ..
तिमी कति सजिलै माफी दिएर महान बन्छौ
म दोषी बनेर उन्मुक्त हुन्छु ..
अनि सोच्छु
मेरो सहयात्रामा .... सहभागी तिमी
अभागी बनी .....दुख मात्र पायौ...
....र म दोषी भए !
Last edited: 07-Jan-15 10:02 PM