नेताको भाषण मलाई जनता ठगी खाने चाल जस्तो लाग्छ
नेताको शाषण जनतालाई भ्रममा राख्ने जाल जस्तो लाग्छ
राजनीति भन्ने चीज कस्तो अनौठो हो हजुर बुझ्नै नसकिने,
अरुलाई दोष िदने र आफूलाई पर्दा छेक्ने ढाल जस्तो लाग्छ
सत्ययुग रामलाई, कलियुग रावणलाई भएर होला हजुर,
देशभक्ति त देशद्रोहीले ओढ्ने देखावटी खाल जस्तो लाग्छ
प्रजातन्त्र र लोकतन्त्रसँगै विकास र शािन्त परलोक हुँदा
नेतालाई हाम्रो देश चाँहि काटो समान माल जस्तो लाग्छ
देशको रक्षक भनाउदा नेताहरू नै भक्षक भएपछि
नेता त आफ्नै जनताई मृत्यु बाँड्ने एक काल जस्तो लाग्छ
हाम्रो देशलाई हेर्दा हामी सबैको मन असाध्यै रुन्छ किनकी
हाम्रो देशको ताल बाछोले खेदेको हरिणको हाल जस्तो लाग्छ